१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई साउन १९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले असार ८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार १० गते प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर निरज चौलागाईले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल कालिकोटमा साउन १० गते गरिएको थियो ।