अपाङ्गता र बोल्न नसक्ने ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले खोटेहाङ गाउँपालिका–६ थालेचौरका ६१ वर्षीय हर्कबहादुर बिकलाई साउन १७ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले साउन १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले १६ गते प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लोकदर्शन थापाले बताए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण साउन १८ गते जिल्ला अस्पतालमा गरिएको छ । आरोपितविरूद्घ प्रहरीले जबरजस्तीकरणी अन्र्तगत मुद्दा चलाएको डिएसपी थापाले बताए ।