भीमदत्त नपा–१८ निम्बुखेडाकी १३ वर्षीया निर्मला पन्तलाई साउन ११ गते अज्ञात पक्षले बलात्कार पश्चात हत्या गरेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।
साउन १० गते मध्यान्ह १२ बजेतिर घरबाट साथीको घर जान भनेर निस्केकी निर्मला साँझसम्म घर नफर्किएपछि परिवारले खोजतलास गरेको थियो । रातिसम्म फेला नपरेकी उनको शव साउन ११ गते फेला परेको हो ।
साउन ११ गते बिहान सडक नजिकै खोला किनारमा साइकल र किताबकापी फेला परेपछि नजिकै खोजतलास गर्ने क्रममा खोलापारी रहेको उखुबारी भित्र बलात्कार पश्चात हत्या गरेर फालिएको अवस्थामा शव भेटिएको जनाइएको छ ।
बाालिकाको शव पोष्टर्माटमका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनायो । जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानबहादुर सेठीले घटनाको अनुसन्धान भइरहेको र घटनामा संलग्न भएको आरोपमा एक जनालाई गिरफ्तार गरिएको बताए ।