६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय कञ्चनरुपले पीडितका काका २५ वर्षीय युवकविरूद्ध साउन ९ गते उजुरी दर्ता गरेको छ ।
पीडित बालिकालाई आरोपितले असार ३० गते बलात्कार गरेको भन्दै पीडितका बुवाले इलाका प्रहरी कार्यालयमा साउन ५ गते उजुरी दिएका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उजुरी प्राप्त भएकै दिन भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका इन्स्पेक्टर प्रतिक विष्टले बताए । फरार रहेका आरोपितको खोजी भइरहेको प्रहरीले जनायो ।