सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्लाको दुहवी नगरपालिका–१ का ६५ वर्षीय मो.सहिद मियालाई गिरफ्तार गरिएको छ ।
पीडित बालिकालाई आरोपितले साउन ५ गते बलात्कार गरेको आरोपमा आरोपितलाई अनुसन्धानका लागि साउन ५ गते गिरफ्तार गरेको हो ।
उक्त घटनको सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नारायणप्रसाद चिमरियाले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण प्राथमिक स्वास्थ्य केन्द्र इटहरीमा साउन ५ गते नै गरिएको छ ।