तीन वर्षआठ महिनाकी एक बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा धौलाकोट गाविस-४ का १८ वर्षीय प्रेमसिंह धामीलाई प्रहरीले भदौ २० गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई भदौ २० गते नै आरोपितले बलात्कार प्रयास गरेको आरोपमा पीडितका अभिभावकले प्रहरीमा सोही दिन उजुरी गरेको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका डिएसपी केदार खनालले जानकारी दिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल दार्चुलामा भदौ २० गते नै गरिएको खनाले बताए ।