१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जैमिनी नगरपालिका–९ का २८ वर्षीय अर्जुन नेपालीलाई साउन २ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले साउन २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, बाग्लुङमा सोही दिन उजुरी दिएको थियो ।
घटनाको समयमा चिच्याईरहेकी बालिकाको स्वर सुनेर घटनास्थल नजिकै पुगेका स्थानीयलाई देखेपछि आरोपित भागेका थिए । घटनाको विषयमा स्थानीयले प्रहरीलाई तत्काल खबर गरेका थिए ।
घटनाका आरोपित नेपालीलाई गिरफ्तार गरी घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, बाग्लुङका डिएसपी दामोदर भट्टराईले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन २ गते नै धौलागिरी अञ्चल अस्पताल, बाग्लुङमा गरिएको प्रहरीले जनाएको छ ।