एक १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नुवाकोट कुमारी-६ घरभई हाल काठमाडौँ कामनपा-१४ कलङ्की बस्ने १९ वर्षीय रविन न्यौपानेविरूद्ध महानगरीय प्रहरी वृत्त कालिमाटीले जबरजस्ती करणीसम्बन्धी मुद्दा दायर गरेको छ ।
महानगरीय प्रहरी वृत्त कालिमाटी मुद्दा शाखाका इन्स्पेक्टर दिनेश लामिछानेले आरोपित न्यौपानेविरूद्ध भदौ २१ गते सो मुद्दा दायर गरेको र अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भएको जानकारी दिए ।
पीडित बालिकालाई भदौ २० गते बलात्कार गरेको आरोपमा उनका अभिभावकले भदौ २० गते महानगरीय प्रहरी वृत्त कालिमाटीमा उजुरी दिएको प्रहरीले जनाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण प्रसुती गृह थापाथलीमा भदौ २० गते गरिएको इन्स्पेक्टर लामिछानेले बताए ।