INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई असार ३२ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असार २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असार ३० गते इलाका प्रहरी कार्यालय फापरवारीमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण हेटौँडा अस्पतालमा असार ३२ गते गरिएको छ ।

यसैगरी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हेटौँडा उपमहानगरपालिका-२ का २८ वर्षीय राजीव लामालाई असार ३१ गते गिरफ्तार गरेको छ ।

आरोपित लामाले बालिकालाई असार २७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय हेटौँडामा असार २८ गते उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण हेटौँडा अस्पतालमा असार ३२ गते गरिएको थियो ।

अन्य

भिडियो