INSEC Online

📅 २०८३ जेष्ठ २१

बेचबिखन घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बेचबिखन गरेको आरोपमा प्रहरीले चौतारा साँगाचोकगढी नपा-११ की रुपा गिरीलाई असार २७ गते बेलुका गिरफ्तार गरेको छ ।

पीडित पक्षले असार २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित युवतीलाई आरोपितले असार २१ गते विक्री गर्ने उद्देश्यले दोलालघाटबाट काभ्रे लगेको भन्ने पीडितपक्षको भनाई छ ।

घरमा हिंसा भएपछि आत्महत्या गर्न भनी दोलालघाट पुगेकी ती युवतीलाई आफूले संरक्षण गरेर राखेको आरेपित गिरीले बताइन् । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरीकृष्ण केसी ले बताए ।

अन्य

भिडियो