INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको आरोपमा झुठो जाहेरी दिनेलाई जरिबानाको फैसला

२३ वर्षीया महिलालाई बलात्कार गरेको गरेको आरोपमा आमाछोदिङमो गाउँपालिका-२ हाकुका सलामबहादुर तामाङविरूद्ध ०७५ असार १० गते अदालतमा झुठो मुद्दा दर्ता गरेको ठहर गर्दै जिल्ला अदालतले असार २६ गते १ हजार रुपियाँ जरिबाना र ५ हजार रुपियाँ क्षतिपूर्तिको फैसला गरेको छ ।

ती महिलालाई तामाङले जेठ १६ गते बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको र ०७५ जेठ ३१ गते प्रहरीमा र ०७५ असार १० गते रसुवा जिल्ला अदालतमा उजुरी परेकोमा न्यायाधीश बाबुराम सुवेदीको इजलासले असार २६ गते झुठो जाहेरी दिनेलाई जरिबानाको फैसला गरेको छ ।

सलामबहादुर तामङलाई अभियोग माग दावीबाट सफाई दिई झुठो उजुरी दिई अदालतको समय समेत बर्बाद गरेको भन्दै प्रतिवादीलाई ‘नैतिक पतन देखिने गम्भीर प्रकृतिको झुठो उजुरी दिएको’मा जरिबाना भएको अदालतका सूचना अधिकारी सन्तोषकुमार मेहताले इन्सेक प्रतिनिधिलाई बताए ।

सरकारी मुद्दासम्बन्धी ऐन ०४९ को दफा २८ को उपदफा २ को (क) बमोजिम १ हजार रुपियाँ जरिबाना र ५ हजार रुपियाँ झुठो उजुरीकर्ताबाट क्षतिपूर्ति भराई लिन पाउने गरी फैसला भएको अदालतले जनाएको छ ।

अन्य

भिडियो