INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १० वर्षकैदको फैसला

३५ र १९ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा भरतपुर मनपा-३ बाह्रघरेमा रहेको श्री गणेश अपाङ्ग धार्मिक सेवा केन्द्रका सञ्चालक बागलुङ जिल्ला बागलुङ नगरपालिका-१३ घर भई हाल भरतपुर मनपा-३ बस्ने ३९ वर्षीय विष्णु शर्मालाई जिल्ला अदालतले असार २६ गते १० वर्षकैद र ५० हजार रुपियाँ क्षतिपूर्तिको फैसला सुनाएको छ ।

न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले यस्तो फैसाला गरेको हो । पीडितद्वयलाई बलात्कार गरेको आरोपमा शर्माविरूद्ध पीडित पक्षले ०७५ वैशाख ७ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएको थियो ।

पीडितद्वयलाई शर्माले ०७५ वैशाख १ गते बलात्कार गरेको भए पनि डरत्रासका कारण वैशाख ७ गते उजुरी दिएको पीडित पक्षले जनायो ।

वैशाख ७ गते नै आरोपितलाई गिरफ्तार गरी मुद्दा चलाइएको थियो । पीडित दुवै जनाको स्वास्थ्य परीक्षण वैशाख ९ गते भरतपुर अस्पतालमा भएको थियो ।

अन्य

भिडियो