लमही नगरपालिका-५ की ७६ वर्षीया आमा तुलसी पुनलाई निर्घात कुटपिट गरेको आरोपमा इलाका प्रहरी कार्यालय लमहीले ३८ वर्षीय छोरा यमबहादुर पुनलाई असार २६ गते गिरफ्तार गरेको छ ।
मादक पदार्थ सेवन गरी आएका यमबहादुरले बृद्धा तुलसीलाई ज्यान मार्ने धम्की दिँदै कुटपिट गर्दा आँखा, मुख, टाउको, घाँटी, शरीरका विभिन्न अङ्गमा गम्भीर चोट लागेको प्रहरीले जनायो ।
घाइते बृद्धाको उपचार लमही अस्पतालमा भइरहेको छ । यमबहादुरलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अरुणकुमार सिंहले बताए । बृद्धा आमासँग पैसा माग्ने नदिए घर निकाला गरिदिने भन्दै आरोपितले असार २५ गते कुटपिट गरेको प्रहरीले जनायो ।