INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १५ वर्षकैद फैसला

आफू संरक्षकको रूपमा हुँदा पनि ८ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत चितवनले २३ वर्षीय बावुलाई १५ वर्षकैद सजायको फैसला सुनाएको छ । असार २१ गते न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले उक्त फैसला सुनाएको हो ।

पीडित बालिकालाई आरोपित झड्केलो बावुले ०७४ असार १८ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाकी आमाले असार २५ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएकी थिइन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असार २५ गते भरतपुर अस्पतालमा गरिेको थियो । प्रहरीले       आरोपितलाई असार २४ गते गिरफ्तार गरी मुद्दा चलाएको थियो ।

अन्य

भिडियो