जुम्लामा अनसरनत डक्टर गोविन्द केसी र वीर अस्पतालमा अनसनमा रहेकी गङ्गामाया अधिकारीको माग सम्बोधन गर्न तथा निषेधाज्ञा फिर्ताको माग गर्दै प्रदर्शनमा उत्रिएका मानव अधिकारकर्मीसहित १२ जना माइतीघरबाट गिरफ्तारीमा परेका छन्।
अधिकारकर्मी लोकराज अवस्थीका अनुसार गिरफ्तारीमा पर्नेहरुमा चरण प्रसाईँ, डा. सुरेन्द्र भण्डारी, डा. उद्धव प्याकुरेल, महामुनिश्वर आचार्य, सागर अधिकारी, मनोज अधिकारी, मोहन ज्ञवाली, लोकेन्द्र पोखरेल, विश्व दुवाल, जयराम दाहाल, इन्द्रप्रसाद अर्याल र अवस्थी रहेका छन् ।
बिहान गिरफ्तारीमा परेका उनीहरुलाई अनामनगर प्रहरी वृत्तमा राखिएको छ । सरकारले माइतीघर मण्डलालगायत अन्य केही स्थानलाई साउन १ गते विरोध प्रदर्शनका लागि निषेधित क्षेत्र तोकेपछि उनीहरु फिर्ताको मागसहित माइतीघर पुगेका थिए।
यसैबिच जबाफदेहीता निगरानी समितिले असार २१ गते एक विज्ञप्ति जारी गर्दै गिरफ्तारीमा परेका अधिकारकर्मीहरूलाई ससम्मान रिहा गर्न माग गरेको छ ।