२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामधुनी नपा-४ का २८ वर्षीय सञ्जयकुमार चौधरीलाई असार १९ गते गिरफ्तार गरेको छ ।
पीडित पक्षले प्रहरीमा दिएको उजुरीमा आरोपितले पीडित महिलालाई पटकपटक बलात्कार गर्दै आएको र पछिल्लो पटक १८ गते बलात्कार गरेको उल्लेख छ ।
सोही उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नारायणप्रसाद चिमोरियाले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण असार १८ गते इनरुवास्थित जिल्ला अस्पतालमा गरिएको छ ।