१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चन गाउँपालिका-४ का २३ वर्षीय करन रानालाई आरोपितको घरैबाटै असार १७ गते साँझ गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले असार १७ गते बलात्कार गरेको भनी पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय, सालझण्डीमा उजुरी दिएको थियो ।
पीडित बालिकाका दाजुले दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरी घटनाको अनुसन्धान सुरू गरिएको इलाका प्रहरी कार्यालय, सालझण्डीका इन्स्पेक्टर दिपेश बस्यालले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १७ गते नै लुम्बिनी अञ्चल अस्पताल बुटवलमा गरिएको इलाका प्रहरी कार्यालय, सालझण्डीले जनायो ।