१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा दोषी ठहर गर्दै जिल्ला अदालतले ३० वर्षीय बावुलाई २० वर्षकैद सजायको फैसला गरेको छ ।
न्यायाधीश इश्वरीप्रसाद गौतमको असार १४ गतेको इजलासले बालिकालाई बलात्कार गरेकोमा १० वर्ष र हाडनाता करणी गरेकोमा थप १० वर्षगरी २० वर्षकैद गर्ने फैसला सुनाएको हो ।
आरोपितले ०७४ चैत ३० गते बलात्कार गरेको भन्दै पीडित पक्षले ०७५ वैशाख २३ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण राप्ती उपक्षेत्रीय अस्पतालमा वैशाख २३ गते गरिएको थियो ।