पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय बालकलाई प्रहरीले भदौ १९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई भदौ १७ गते बलात्कार गरेको आरोपमा पीडितका अभिभावकले जिल्ला प्रहरी कार्यालयमा भदौ १८ गते उजुरी दिएका थिए ।
आरोपित बालकलाई आवश्यक अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सई टिकाराम घिमिरेले जानकारी दिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ १८ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको र सोही अस्पतालमा उपचारसमेत भएको प्रहरीले जनायो ।