१४ वर्षीया बालिका बलात्कार घटनामा कसुरदार ठहरिएका तुलसीपुर नपा-४ मोतिपुरका २७ वर्षीय मङ्गल विकलाई प्रहरीले पाँच वर्षपछि भदौ १९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई ०६८ असार १८ गते बलात्कार गरी फरार भएका विकलाई दाङ जिल्ला अदालतले ०६९ जेठ १४ गते घटनामा दोषी ठहर गर्दै आठ वर्ष कैद र २५ हजार रुपियाँ क्षतिपूर्तिसहितको फैसला गरेको थियो ।
गिरफ्तार गरिएका विकलाई जिल्ला अदालतमा पठाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी कृष्ण प्रर्साईले जानकारी दिए ।