१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा असार ६ गते ५२ वर्षीय नातेदारविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।
पीडितले असार ५ गते दिएको उजुरी दर्ता गरिएको सो कार्यालयका इन्स्पेक्टर अनिल पौडेलले बताए । इन्स्पेक्टर पौडेलका अनुसार आरोपितलाई सोही दिन गिरफ्तार गरिएको छ ।
पीडित बालिकालाई आरोपितले पटकपटक बलात्कार गरी गर्भवतीसमेत बनाएको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएको पीडितका आफन्तले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार ५ गते जिल्ला अस्पतालमा गरिएको छ ।