INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा डिलाशैनि गाँउपालिका-३ रूद्रेश्वरका २९ वर्षीय रमेशसिंह धामीलाई प्रहरीले असार ६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले जेठ २५ गते डडेल्धुराबाट बैतडीको डिलाशैनी ल्याएर बलात्कार गरेको पीडित पक्षको आरोप छ ।

पीडित पक्षले धामीसहित उक्त घटनामा संलग्न अन्य चार जनाविरूद्ध पनि उजुरी दिएको छ । अन्य आरोपितहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख नेत्रमणी गिरीले बताए ।

०७५ असार ५ गते घटनाबारे उजुरी गरेपछि अनुसन्धानका लागि अरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनायो । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार ५ गते जिल्ला अस्पताल, बैतडीमा गरिएको छ ।

अन्य

भिडियो