आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खडग नपा-७ का ३८ वर्षीय भिखन रामलाई असार ६ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले जेठ ३१ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाका बावुले इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दिएका थिए ।
प्रहरीले असार १ गते उजुरी दर्ता गरी सोही दिन पीडितको लहान नपा-३ स्थित रामकुमार उमाप्रसाद शारदा स्मारक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।