१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा प्यूठान जिल्लाको मल्लरानी गाउँपालिका-२ का २२ वर्षीय विक्रम बिकलाई जिल्ला अदालतले आठ वर्षकैदको फैसला सुनाएको छ ।
न्यायाधीश मुरारीबावु श्रेष्ठको इजलासले असार ५ गते यस्तो फैसला सुनाएको हो । पीडित बालिकालाई आरोपितले ०७४ पुस २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले पुस ३ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस ५ गते भरतपुर अस्पतालमा गरिएको थियो । आरोपितलाई प्रहरीले पुस २ गते गिरफ्तार गरी मुद्दा चलाएको थियो ।