INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा पाँच वर्षकैदको फैसला

२३ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले असार ४ गते हिलिहाङ गाउँपालिका-७ का २८ वर्षीय महेन्द्र पन्धाकलाई पाँच वर्षकैदको फैसला गरेको छ ।

न्यायाधीश मनोज केसीको इजलासले गरेको फैसला अनुसार कसुरदालाई कैद भूक्तान गर्न जिल्ला कारागार चलान गरिएको अदालतका सूचना अधिकारी मोहन जवेगूले बताए ।

प्रहरीले घटनाका आरोपितविरुद्ध ०७४ चैत १५ गते मुद्दा दायर गरेको थियो । अदालतको आदेश अनुसार सोही दिनदेखि आरोपित पूर्पक्षका लागि कारागार रहेका थिए ।

पीडितलाई फागुन २५ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले फागुन २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका थिए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण सोही दिन जिल्ला अस्पतालमा गरिएको थियो । घटना पश्चात फरार रहेका आरोपितलाई खोजी गर्ने क्रममा फागुन २८ गते गिरफ्तार गरी अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी बामदेव गौतमले बताए ।

अन्य

भिडियो