INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१५ वर्षीया बालिकालाई जेठ २९ गते बलात्कार गरेको आरोपमा सर्लाही जिल्ला ईश्वरपुर गाउँपालिका-९ का २७ वर्षीय सुदिप महतोविरूद्ध प्रहरीमा उजुरी दिइएको छ ।

भुकम्प पीडितको घर बनाउने श्रमिक सुदिप महतोले बालिकालार्इ विवाह गर्ने भनी फकाई पटकपटक बलात्कार गरी भगाई लैजान लागेको भन्दै पीडितका बावुले असार ३ गते इलाका प्रहरी कार्यालय, सिङ्गटीमा उजुरी दिएका छन् ।

पीडित पक्षको मौखिक उजुरीका आधारमा प्रहरीले आरोपितलाई असार २ गते गिरफ्तार गरेको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार ३ गते प्राथमिक स्वाथ्य केन्द्र चरिकोटमा गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो