१५ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा १७ वर्षीय एक बालक र शम्भुनाथ नपा-५ का १८ वर्षीय दिपेन्द्र मण्डललाई जिल्ला अदालतले असार ३ गते जनही ११ वर्षकैद सजायको फैसला गरेको छ ।
न्यायाधीश लोकजङ्ग शाहको इजलासले आरोपितहरूलाई जनही ११ वर्षकैद सजायको फैसला गर्नुका साथै जनही १० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ ।
पीडित बालिकालाई जेठ १३ गते बलात्कार गरेको आरोपमा दुवै आरोपितका विरूद्ध इलाका प्रहरी कार्यालय कल्याणपुरमा ०७४ जेठ १४ गते सामूहिक बलात्कारको उजुरी दिएकी पीडित बालिकाले जिल्ला अदालतमा आफ्नो प्रेमी १७ वर्षीय बालकको पक्षमा वयान परिवर्तन गर्दै दिपेन्द्रले मात्र बलात्कार गरेको बताएकी थिइन् ।
प्रेमीको पक्षमा पीडित ‘होस्टाइल’ भएपनि अदालतले दुवै आरोपितलाई जनही ११ वर्षकैद र १० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको जनाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा ०७४ जेठ १४ गते गरिएको थियो । प्रहरीले आरोपितहरूलाई ०७४ जेठ १४ गते गिरफ्तार गरेको थियो ।