INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले राजविराज नपा-२ का ३२ वर्षीय मोहम्मद सबिरलाई असार २ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असार १ गते राजविराज नपा-३ स्थित भलुवाही खोला किनारमा बलात्कार गरेको आरोपमा पीडित पक्षले असार १ गते नै प्रहरीमा उजुरी दिएको छ ।

पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा असार १ गते दिएको उजुरी दर्ता गरी अनुसन्धान सुरू गरिएको सो कार्यालयका डिएसपी भावेश रिमालले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराज नपा-४ स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा असार १ गते गरिएको छ ।

अन्य

भिडियो