सार्वजनिक स्थानमै नाङगो बनाएर ३९ वर्षीया महिलालाई निर्घात कुटपिट गरेको भन्दै प्रहरीले राप्ती गाउँपालिका-१ की ३९ वर्षीया रेखा गुप्ता र २९ वर्षीया अनीता गुप्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।
भालुवाङमा रहेको घडेरी ५० हजार रुपियाँमा दिन जबरजस्ती गर्दै सीतगङ्गा नगरपालिका-९ की ३९ वर्षीया महिलालाई गुप्ताद्वयले जेठ २५ गते कुटपिट गरेका थिए ।
घटना गुपचुप राखेर स्थानीय प्रहरीले सोही दिन नै मिलापत्र गरी पठाएकोमा जेठ २७ गते घटनाको दृष्य फेसबुकमा ‘भाइरल’ भएपछि इलाका प्रहरी कार्यालय भालुवाङले गुप्ताद्वयलाई जेठ २७ गते नै गिरफ्तार गरी सार्वजनिक ऐनसम्बन्धी मुद्दा चलाएको सो प्रहरी कार्यालयका इन्स्पेक्टर रविन्द्रराज पाण्डेले बताए ।
पीडित पक्षले जेठ २८ गते इलाका प्रहरी कार्यालय भालुवाङमा उजुरी दिएको छ । पीडित महिलाको उपचार वुटवलस्थित अस्पतालमा भइरहेको प्रहरीले जनायो ।