INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हनुमाननगर कङ्कालिनी नपा-१ भारदहका ६५ वर्षीय सिंहेश्वर पाण्डेलाई जेठ २७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले पछिल्लो पटक जेठ २१ गते र त्यसअघि पटकपटक बलात्कार गरेको भन्दै पीडितका बुवाले जेठ २५ गते इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उजुरी दिएका छन् ।

पीडितो स्वास्थ्य परीक्षण राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा जेठ २५ गते गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ । इलाका प्रहरी कार्यालय कञ्चनरुपले आरोपितविरुद्ध जेठ २७ गते उजुरी दर्ता गरेको छ ।

अन्य

भिडियो