१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गौरीशङ्कर गाउँपालिका-४ झयाकुका २९ वर्षीय छिरिङ शेर्पालाई जेठ २६ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०७४ माघ १२ गते तथा अन्य समयमा समेत पटकपटक बलात्कार गरेको र गर्भवती भइसकेको भन्दै पीडित परिवारले जेठ २४ गते जिल्ला प्रहरी कार्यालय दोलखामा उजुरी दिएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ २४ गते प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा गरिएको प्रहरीले जनायो ।
त्यसैगरी १८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मेलुङ गाउँपालिका-३ घ्याङसुकाठोकरका २५ वर्षीय सुमन खड्कालाई जेठ २६ गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितले ०७४ चैत २१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जेठ २६ गते जिल्ला प्रहरी कार्यालय, चरिकोटमा उजुरी दिएको छ । पीडित युवतीको स्वास्थ्य परीक्षण जेठ २६ गते प्राथमिक स्वास्थ्य केन्द्र, चरिकोटमा गरिएको छ ।