१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा षडानन्द नपा-१२ देउरालीका ३० वर्षीया भवानी कट्टेललाई प्रहरीले जेठ २५ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले जेठ १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय भोजपुरमा जेठ १८ गते उजुरी दिएको थियो ।
उजुरीपछि फरार आरोपितलाई घरनजिकैबाट देउराली प्रहरी चौकीका प्रहरी टोलीले लामो समय खोजतलास गरी गिरफ्तार गरेको हो ।
पीडित बालिकाको उपचार सङ्खुवासभाको जिल्ला अस्पतालमा भइरहेको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ १८ गते गरिएको छ ।