INSEC Online

📅 २०८३ जेष्ठ २१

डा. केसीको अनसनप्रति ध्यानाकर्षण गराउँदै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

शान्तिका लागि नागरिक समाजको सञ्जाल, युवा सञ्जाल, इन्सेकलगायतका संघसंस्थाले स्वास्थ्य क्षेत्रमा भएका विकृति र विसङ्गतिको अन्त्य गर्न माग गर्दै १४ दिनदेखि अनसन बसेका डा. गोविन्द केसीको मागको सम्बोधन गर्न माग गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

‘चिकित्सा क्षेत्रको सुधारका लागि विगतमा भएका प्रतिबद्धताहरूको कार्यान्वयनसहित चिकित्सा क्षेत्रमा भएको अख्तियार प्रमुखको प्रत्यक्ष हस्तक्षेप जस्ता विषयहरूमा सार्वजनिक अपिल गर्दै आमरण अनसनमा बसेका डा. केसीको जीवनरक्षाका लागि पहल गर्न माग गर्दछौं ।’-ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

अन्य

भिडियो