INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई जेठ २२ गते गिरफ्तार गरेको छ ।

बलात्कार घटनाका आरोपित बालकलाई महानगरीय प्रहरी वृत्त चापागाउँ, ललितपुरले गिरफ्तार गरी जेठ २२ गते सप्तरी प्रहरीमा दाखिला गरेको जिल्ला प्रहरी कार्यालयका एसपी मुकेशकुमार सिंहले बताए ।

पीडित बालिकालाई आरोपितले ०७४ फागुन २३ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाकी आमाले फागुन २५ गते इलाका प्रहरी कार्यालय, कञ्चनरूपमा उजुरी दिएकी थिइन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण धरानस्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फागुन २४ गते गरिएको थियो ।

अन्य

भिडियो