२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कञ्चनरूप नपा-३ का २१ वर्षीय श्यामकान्त दासलाई अदालतले जेठ २० गते पाँच वर्षको कैद सजायको फैसला गरेको छ ।
न्यायाधीश लोकजङ्ग शाहको इजलासले पाँच वर्षकैद सजायको फैसला गर्नुका साथै आरोपितबाट पीडितलाई २५ हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला समेत गरेको छ ।
पीडित महिलालाई आरोपितले ०७४ जेठ १७ गते बलात्कार गरेको भन्दै पीडितले जेठ १८ गते इलाका प्रहरी कार्यालय कञ्चनरूपमा उजुरी दिएकी थिइन् ।
पीडित महिलाको स्वास्थ्य परीक्षण ०७४ जेठ १९ गते सुनसरीको इनरूवास्थित जिल्ला अस्पतालमा भएको थियो ।