INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले व्यास नपा-७ का २३ वर्षीय अशोक थापालाई जेठ १५ गते राति गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले जेठ १५ गते बलात्कार प्रयास गरेको भन्दै पीडित परिवारको मौखिक उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए । पीडित युवतीको स्वास्थ्य परीक्षण जेठ १५ गते नै दमौली अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो