नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ११ वर्षीय बालकलाई जेठ १५ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले जेठ ५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय फापरबारीमा जेठ ९ गते उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ १५ गते हेटौँडा अस्पतालमा गरिएको छ ।