INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा आठ वर्षकैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका लालीगुराँस नगरपालिका-२ का ४४ वर्षीय सुर्यबहादुर तोलाङगी सार्कीलाई जिल्ला अदालतले जेठ १४ गते सात वर्षकैदको सजाय सुनाएको छ ।

न्यायाधीश नारायणप्रसाद पराजुलीको एकल इजालासले जबरजस्ती करणी महलको ३(२) र हाडनाता करणी बमोजिम सात वर्षकैद र ९० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका सूचना अधिकारी गोपाल खनालले जानकारी दिए ।

पीडित बालिकालाई सार्कीले पटकपटक बलात्कार गरेको आरोपमा ०७४ जेठ २४ गते प्रहरीमा उजुरी परेको थियो ।

अन्य

भिडियो