INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ११ वर्षीय बालकलाई प्रहरीले जेठ १४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले जेठ १० गते बलात्कार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा जेठ ११ गते उजुरी दिएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालयले जेठ ११ गते उजुरी दर्ता गरेको एसपी मुकेशकुमार सिंहले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराज नपा-४ स्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा जेठ ११ गते गरिएको छ ।

बालबालिकासम्बन्धी ऐन २०४८ मा बालमैत्री वातावरणमा राखी अनुसन्धान गर्नुपर्ने भएपनि सो बमोजिमको जिल्लामा व्यवस्था नहुँदा आरोपित बालकलाई जिल्ला प्रहरी कार्यालयमै थुनामा राखिएको छ ।

अन्य

भिडियो