INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाको आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले जेठ ११ गते ललितपुर जिल्लाको महालक्ष्मी नपा-७ का ३७ वर्षीय विक्रम बस्नेतलाई गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले ०७४ पुस ५ गते बलात्कार गरेको भनी पीडित पक्षले ०७५ वैशाख २ गते प्रहरीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान सुरू गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी कृष्ण प्रसाईले जानकारी दिए ।

पीडित महिलाको स्वास्थ परीक्षण ०७५ वैशाख २ गते त्रीविवि शिक्षण अस्पताल काठमाडौँमा गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो