INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ग्रामथान गाउँपालिका-५ का २० वर्षीय रोहित चौधरीलाई जेठ ८ गते साँझ गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले जेठ ५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जेठ ८ गते इलाका प्रहरी कार्यालय बेलवारीमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय मोरङकी इन्स्पेक्टर जमुना बस्नेतले बताइन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ ९ गते विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो