INSEC Online

📅 २०८३ जेष्ठ २१

सामूहिक बलात्कार गरेको कसुरमा १० वर्षकैद सजायको फैसला

२० वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको कसुरमा दोषी ठहर गर्दै तुलसीपुर उमनपा-६ का ३४ वर्षीय दिनेश अधिकारी र सोही ठाउँका २० वर्षीय दिलिप वलीलाई जिल्ला अदालतले १०/१० वर्षकैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश इश्वरीप्रसाद गौतमको इजलाशले जेठ ८ गते १०/१० वर्षकैद र कसुरदारबाट पीडितलाई ७५ हजार रुपियाँ क्षतिपूर्ति उपलब्ध गराउन फैसला गरेको हो ।

म्यूजिक भिडियोमा अभिनयको अवसर दिने भन्दै अधिकारी र वलीले ०७४ असोज ९ गते सामूहिक बलात्कार गरेको भन्दै पीडित पक्षले असोज १० गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएको थियो ।

पीडित युवतीको स्वास्थ्य परीक्षण राप्ती अञ्चल अस्पतालमा असोज १० गते गरिएको थियो । प्रहरीले घटनाका आरोपित अधिकारी र वलीलाई ०७४ असोज ११ गते गिरफ्तार गरी अनुसन्धान गरेको थियो ।

अन्य

भिडियो