२५ वर्षीया महिलालाई बलात्कार गरेको घटनाका आरोपित त्रिवेणी गाउँपालिका-५ जगरबोटका ५१ वर्षीय हरिप्रसाद नेपालीलाई प्रहरीले जेठ ८ गते गिरफ्तार गरेको छ ।
मानसिक सन्तुलन ठिक नभएकी महिलालाई घरमा सुतिरहेको अवस्थामा जेठ ७ गते राति बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ ८ गते प्रहरी चौकी जुगारमा उजुरी दिएका थिए । पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल रेउघामा जेठ ८ गते गरिएको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए ।