INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास गरेको कसुरमा २ वर्ष ६ महिना कैदको फैसला

सुस्त मनस्थितिकी ५२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका चुलाचुली नगरपालिका-१ का २१ वर्षीय बसन्त श्रेष्ठलाई जिल्ला अदालतले जेठ ४ गते २ वर्ष ६ महिना कैदको फैसला सुनाएको छ ।

न्यायाधीश इन्द्रबहादुर चोङटेन्लीको इजलासले सो फैसला सुनाएको अदालतका श्रेस्तेदार जगदिश्वर भट्टराईले जानकारी दिए ।

अदालले करणी महलको ५ नम्बर कसुर अपराधमा सोही ऐनको ३ नम्बर महलको ५ नम्बर बमोजिम २ वर्ष ६ महिना कैदको फैसला गरेको श्रेस्तेदार भट्टराईले बताए ।

पीडित महिलालाई श्रेष्ठले ०७४ असोज १९ गते बलात्कार प्रयास गरेको भन्दै पीडितका आफन्तले असोज २० गते प्रहरीमा उजुरी दिएका थिए ।

श्रेष्ठलाई प्रहरीले असोज २१ गते चुलाचुलीबाटै गिरफ्तार गरेको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण असोज २० गते जिल्ला अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो