नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा घोराही उपमनपा-१५ का २० वर्षीय बुद्धिराम परियारलाई जिल्ला अदालतले जेठ ३ गते १२ वर्षकैदको फैसला सुनाएको छ ।
न्यायाधीश हेमन्त रावलको इजलासले परियारलाई दोषी ठहर गर्दै १२ वर्षकैद र पीडितलाई २५ हजार रुपियाँ क्षतिपूर्ति भराउने फसैला गरेको श्रेस्तेदार गम्भीर रानाले जानकारी दिए ।
पीडित बालिकालाई परियारले ०७४ भदौ २१ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा भदौ २५ गते उजुरी दिएको थियो । पीडित पक्षको उजुरीपछि प्रहरीले परियारलाई भदौ २६ गते गिरफ्तार गरी मुद्दा चलाएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७४ भदौ २६ गते राप्ती उपक्षेत्रीय अस्पतालमा गरिएको थियो ।