INSEC Online

📅 २०८३ जेष्ठ २२

सामूहिक बलात्कारका आरोपितहरू गिरफ्तार

१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले खडग नगरपालिका-१ का १९ वर्षीय सन्तोष साह र शम्भुनाथ नगरपालिका-३ का २१ वर्षीय चन्दन चौधरीलाई जेठ २ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितहरूले वैशाख २४ गते नियन्त्रणमा लिएर सामूहिक बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय कल्याणपुरमा वैशाख २७ गते उजुरी दिएको थियो ।

इलाका प्रहरी कार्यालय, कल्याणपुरले वैशाख २८ गते सो उजुरी दर्ता गरेको इन्स्पेक्टर हरिबिष्णु ढकालले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण लहान नगरपालिका-३ स्थित रामकुमार उमाप्रसाद शारदा स्मारक अस्पतालमा वैशाख २७ गते गरिएको छ ।

अन्य

भिडियो