INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका अदालतबाट दोषी करार व्यक्ति ३३ वर्षपछि गिरफ्तार

बलात्कार मुद्दामा अदालतले दोषी ठहर गरेको तर ३३ वर्षदेखि फरार रहेका गढी गाउँपालिका-४ का ५० वर्षीय रामशरण थापालाई प्रहरीले जेठ १ गते गिरफ्तार गरेको छ ।

थापालाई २०४२ जेठ ९ गते जिल्ला अदालत मकवानपुरले बलात्कार गरेको ठहर गर्दै सात वर्षकैद गर्ने फैसला गरेको थियो ।

२०४० सालमा थापाले हाडनाता पर्ने गाउँकै एक युवतीलाई बलात्कार गरेको आरोपमा अदालतले दाषी ठहर्‍याएको थियो ।

बलात्कार घटनापश्चात उनी फरार भएका थिए । उनले आफनो नाम परिवर्तन गरेर गाउँमा बसेका थिए । कैद भुक्तान गर्न जिल्ला अदालत मकवानपुरले थापालाई जेठ १ गते भीमफेदी कारागार पठाएको छ ।

अन्य

भिडियो