INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १० वर्षकैदको फैसला

नौ वर्षीया बालिकालाई बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका ताप्लि गाउँपालिका-२ लेखगाउँका २१ वर्षीय शम्भु भनिने यम्वरबहादुर राईलाई जिल्ला अदालतले वैशाख ३० गते १० वर्षकैद र ३० हजार रुपियाँ क्षतिपुर्ति भराउने गरी फैसला सुनाएको छ ।

न्यायाधीश तिर्थराज केसीको इजलासले पीडित बालिकालाई आरोपितले बलात्कार गरेको ठहर गर्दै यस्तो फैसला सुनाएको हो ।

०७३ फागुन २० गते राईले बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २१ गते इलाका प्रहरी कार्यालय कटारीमा निवेदन दिएका थिए ।

बलात्कारपछि फरार रहेका राईलाई प्रहरीले फागुन २७ गते गिरफ्तार गरेकामा अदालतले चैत १५ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन २१ गते कटारी अस्पतालमा भएको थियो ।

अन्य

भिडियो