१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा घिरिङ गाउँपालिका-४ का वडा अध्यक्ष झकबहादुर कुमालविरूद्ध पीडित पक्षले वैशाख २८ गते प्रहरीमा उजुरी दिएको छ ।
पीडित युवतीलाई आरोपितले वैशाख २४ गते बलात्कार गरेको आरोपमा न्यायका लागि प्रहरीमा उजुरी दिइएको पीडित पक्षले जनायो ।
घटनास्थल नवलपुर जिल्लामा भएको हुँदा थप अनुसन्धानको लागि उक्त उजुरी र पीडित युवतीलाई इलाका प्रहरी कार्यालय कावासोतीमा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका इन्स्पेक्टर बाबुराम पोख्रेलले बताए ।
पीडित युवतीको स्वास्थ्य परीक्षण वैशाख २८ गते दमौली अस्पतालमा गरिएको छ । वडा अध्यक्ष थापा सम्पर्कमा नरहेकाले खोजी कार्य थालिएको प्रहरीले जनायो ।