INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलाली कलौरी गाउँपालिका-६ स्थायी घरभई तिलोत्तमा नगरपालिका-३ एघारविगाह बस्ने ४० वर्षीया किशोर चौधरीलाई वैशाख २५ गते तिलोत्तमाबाट गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले काम लगाइदिने भनी प्रलोभन देखाएर पटकपटक बलात्कार गरेको भनी पीडित महिलाले वैशाख २५ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी थिइन् ।

पीडित महिलाले दिएको उजुरीका आधारमा आरोपितविरुद्ध कारवाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलका सई बाबुराम पुरीले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण वैशाख २५ गते नै लुम्बिनी अञ्चल अस्पताल बुटवलमा गरिएको छ ।

अन्य

भिडियो